Posts

Showing posts from July, 2025

वडा नं. १५ को भिडियोको लागी स्क्रिप्ट

Image
  एक समय थियो… यो जमिन पुरै जंगलले ढाकिएको थियो। रत्ननगर–१५ माधवपुर—जहाँ न सडक थियो, न बस्ती। केवल हरियाली थियो, जँहा जंगली जनावर निस्फिक्री जीवन बाँचिरहेका हुन्थे !!   फेरी कुनै समय आयो ...“पहाडबाट बसाइँ सर्नेहरू आए… जंगल फडानी गरियो, जमिन जोतियो। रित्तो थलोमा आशाका घरहरू उभिए। कहिले धान रोपियो, कहिले तोरी फुल्यो।” “न त सजिलो थियो, न त सहज। रोग, भोक, जंगलका बाघ–भालुको डर… तर मानिसहरू डराएनन्। उनीहरूका हातहरू काममै लागिरहे।” “फेरि एक दिन आयो—जहाँ बाटो खुल्यो। पसलहरू खुले। स्कुल र मन्दिर बने। अनि माधवपुरले बिस्तारै आफ्नो नयाँ रुप पायो। “आजको माधवपुर केवल एउटा बस्ती होइन—यो संघर्ष, आशा र भविष्यको उज्यालो हो । यो हो हामी सबैको कथा… हाम्रो माधवपुरको कथा ।” जहाँ पहिचान छ, प्रकृतिको सौन्दर्य छ, र समृद्धिको उज्यालो आशा छ। पूर्व–पश्चिम राजमार्गदेखि ५ किलोमिटर उत्तरमा रहेको यो वडाले आज विकास र परिवर्तनको कथा लेख्दैछ। यहाँको पूरानो परिचय—पिठुवा गाविसको वडा नं. ७/८ र ९ । जुन २०७१ सालमा रत्ननगर नगरपालिकामा समाहित भई रत्ननगरको वडानम्बर १५ का रूपमा नयाँ यात्रा सुरु गर्‍यो।  ३.०१ व...