माधवपुर स्कुल स्क्रिप्ट

विद्यार्थीको अंग्रेजी स्पीच १०-१५ सेकेन्ड ---

चितवन ... प्रसस्त खेतीपाती हुने मध्यनेपालको समथर भूभाग । वि.स २००० को दशकदेखि देशका विभिन्न जिल्लाहरु बाट यहाँ बसाई सरेर आउने क्रम सुरु भयो । यसरी नै बसाई सरेर तत्कालिन पिठुवा गाउँ पंचायतको वडा नं. ७,८,९ मा सरेर आएका व्यक्तिहरुले   वि.स. २०१८ मा  आफ्नो छोराछोरी पढाउन एउटा छाप्रो हालेर पाठशालाको स्थापना गरे । विशेष गरि गुरुङ र मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा यिनै समुदायको अगुवाईमा पाठशाला स्थापना भएको हो । पाठशाला स्थापनाको लागी हाल विद्यालय रहेकै ठाउँमा रहेको ३ कठ्ठा ५ धुर जग्गा प्रयोग गरिएको थियो । २०२४ सालमा कक्षा संचालनको अनुमती पाएपछि  विद्यालयले कक्षा ३ सम्मको अध्यापन सुरु गरेको हो । विद्यालय स्थापनाको लागी विभिन्न समयमा गोपिचन्द्र गुरुङले ५ कठ्ठा, रणध्वज गुरुङ, जुल्फा सिंह मगर, जगन बहादुर गुरुङ र गन्जासिंह गुरुंगले १-१ कठ्ठा जमिन प्रदान गर्नुभएको थियो । त्यसैगरी यमबहादुर गुरुङले १० धुर जग्गा प्रदान गर्नुभएको थियो । हाल विद्यालय १२ कठ्ठा ५ धुरमा फैलिएको छ ।

रामचन्द्र सरको भनाई .. (६०-७० सेकेन्ड)

तत्कालिन पंचायत सरकारले विद्यालय अनुमती संगै दरबन्दीको पनि व्यवस्था गरिदिएपछि विद्यालय कक्षा ५ सम्म संचालन भयो । २०५५/५६ सालमा पिठुवा गाविसले वजेटको व्यवस्था गरिदिएपछि विद्यालयले जस्ताको छानो हालेर भवन बनायो र निमावि संचालनको लागी तयारी थालियो । त्यतिबेला पिठुवाको वडा नं. ७-८ र ९ मा निमावि स्तरको विद्यालय नै थिएन । देउसी भैलो र चन्दा संकलन गरेर निमाविको अनुमतीको लागी राख्नुपर्ने धरौटी जुटाएपछी २०५६ सालबाट निमावि सुरु भयो । प्राथमिक तहमात्र रहंदा ७०/७५ जना विद्यार्थी मात्र रहेको विद्यालयमा निमावी संचालन पछी २५० सम्म विद्यार्थी पुगे । त्यतिबेला निमाबी संचालन गर्दैगर्दाको दु:ख र परिश्रमलाई तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर थापा मगर यसरी सम्झनुहुन्छ ।

नन्दबहादुर थापा मगरको भनाई राख्ने ... (६०-७० सेकेन्ड)

  .... सालमा विद्यालयको भौतिक पूर्वाधार बिकासको लागी वाचन शिरोमणी स्व. पण्डित नारायण प्रसाद पोखरेलको मुखारविन्दबाट धनधान्यांचल महायंज्ञ संचालन गरिएको थियो । पंचायती शासन कालमा स्थापना भई बहुदल, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको राजनैतिक छालहरुमा तैरदै र पौडदै आईरहेको यस विद्यालयले राजनीतिज्ञ, प्रशासक, डाक्टर देखि विभिन्न उच्चतहमा पुगेका नागरिकहरु जन्माईसकेको छ । विद्यालय स्थापनाको समयदेखि अहिलेसम्मको ईतिहास हेर्दा विद्यालयले विभिन्न उतारचढावहरु भोग्दै आएको छ । पछिल्लो केहि दशकहरु देखि सुरु भएको शिक्षाको व्यापारीकरण संगै खुलेका संस्थागत विद्यालयहरुले विद्यार्थी तानीरहंदा यो विद्यालयलाई विद्यार्थीको पलायन रोक्न निकै कठिन पर्यो । देश संक्रमणकालीन अवस्थामा गुज्रिरहेका बेला जर्जर बनेका धेरै  सरकारी शैक्षिक संस्थाहरु मध्ये यो विद्यालय पनि एक हो ।

तर अहिले समय फेरिएको छ । पात झरेर खिन्ग्रिंग बनेका रुखहरुमा पालुवा पलाउन थालेको छ । देशका विभिन्न सामुदायिक विद्यालयहरु अब्बल बनिरहेका बेला यो विद्यालय पनि आफ्नो छुट्टै पहिचान बनाउने दौडमा छ । यो दौडमा समुदाय अनि विद्यालय परिवार हातेमालो गरेर काम गरिरहेका छन् ।

सामुदायिक विद्यालयमा पनि संस्थागत विद्यालयमा जस्तै अंग्रेजी माध्यमको पढाई सुरु गरेमात्र समुदायले पत्याउने देखिएपछी २०६८ सालमा यस विद्यालयमा पनि अंग्रेजी माध्यमको पढाई सुरु गरिएको हो । सक्षम शिक्षकहरुको व्यवस्था गरेर, विद्यालयको आन्तरिक व्यवस्थापन चुस्तदुरुस्त बनाई सुरु गरिएको अंगेजी माध्यमको पढाई ले विस्तारै समुदायको मन जित्न थालेको छ र विद्यार्थीको संख्या बढ्न थालेको छ । संस्थागत विद्यालयमा चर्को शुल्क तिरेर पढाउनु र यस विद्यालयमा नि:शुल्क  पढाउनुमा खासै अन्तर नरहेपछि अभिभावकहरुको आकर्षण बढ्न थालेको हो ।

आवाज सहितको एसेम्बलीको दृश्य देखाउने ( १० सेकेन्ड)

विद्यालयमा हाल १४ जना शिक्षकशिक्षिका र ५ कर्मचारी गरि १९ जना कार्यरत छन् । १४ जना शिक्षकशिक्षिका मध्य ११ जना माध्यमिक तहमा अध्यापन गराउने योग्यताका छन्  । विद्यार्थीहरुलाई विद्यालय आउनजान समस्या नहोस भनेर विद्यालय बसको व्यवस्था गरिएको छ । भौतिक संरचना र सुविधाको हिसाबले पनि यस विद्यालय अब्बल बन्दै गएको छ ।  विद्यालयमा  भर्खरै संचालनमा आएका सुविधासम्पन्न कम्प्युटर प्रयोगशाला र पुस्तकालयले अध्ययन अध्यापन मा सहजता थपिएको छ ।  त्यसैगरी प्लेग्रुपका बालबालिकाहरुको सुविधाको आकर्षक र आरामदायी कक्षाकोठाको समेत व्यवस्था गरिएको छ । 'खेल्दै र सिक्दै' अवधारणाका साथ सुरुगरिएको बालाबिकासका कक्षाहरुमा बालबालिकाहरु रमाइरहेका भेटिन्छन् । विद्यालयमा दक्ष जनशक्तीको व्यवस्था भएपछी हाल विद्यालयको शैक्षिक गुणस्तरमा वृद्दि हुँदैगईरहेको छ ।

मदन दाईको भनाई ३० सेकेन्ड जोडेर म्युजिक अनि विद्यार्थीले दिएको  नेपाली स्पीच १५ सेकेन्ड 

अध्यापन संगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै जोड दिने यस विद्यालयले वार्षिक क्यालेन्डर बनाएर नै त्यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको छ । विद्यार्थीलाई किताबी ज्ञान दिने मात्र होइन, अतिरिक्त क्रियाकलापहरुमा पनि सक्रिय बनाउनुपर्छ भन्ने हेतुले वार्षिक क्यालेन्डर मै यस्ता कार्यक्रमहरु राखिएको हो । विद्यार्थीलाई समाज प्रति सेवाको भाव जागृत गर्ने उद्देश्यले जुनियर रेडक्रस र स्काउट कार्यक्रमहरुमा समेत सहभागी गराउने गरिएको  भने विद्यालयस्तर र पालिका स्तरमा आयोजना भईरहने खेलकुद गतिविधिहरुमा पनि विद्यार्थीहरुलाई सहभागी गराउने गरिएको छ ।

शान्ता मेडमको भनाई राख्ने  २०-३० सेकेन्ड ( मुख्य कुरा मात्र)

...... देखि कक्षा ९ र १० संचालन गरिएको यस विद्यालयमा शैक्षिक उन्नयनमा दक्ष शिक्षक, मेहनती विद्यार्थी, सचेत अभिभावक, सक्रिय व्यवस्थापन समिति र सहयोगी शिक्षक-अभिभावक संघ सबैको उत्तिकै देन छ । रत्ननगर नगरपालिकाको शिक्षा ऐनले वडाध्यक्ष नै आफ्नो वडाको सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बन्ने व्यवस्था गरेपछि जनप्रतिनिधिहरुमा सामुदायिक विद्यालय प्रतिको जिम्मेवारी थपिएको छ । जनप्रतिनिधि र विद्यालयलाई शिक्षा ऐनले जोडिदिएपछि विद्यालयहरुमा स्थानिय सरकारले गर्ने लगानी पनि बढेको छ । फलस्वरूप विद्यालयको भौतिक संरचनाहरुको निर्माण बाक्लिएको छ भने विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागी जनप्रतिनिधिहरु चर्को मेहनत गरिरहेका छन् । 

वडाध्यक्षको भनाई राख्ने ( धेरैमा २ मिनेट )

संस्थागत विद्यालयहरु संग प्रतिस्पर्धा गरि यस विद्यालयलाई सांचिकै नमुना विद्यालय बनाउन  प्रधानाध्यापक देखि हरेक शिक्षकशिक्षिका एकजुट छन् । विद्यालयको नतिजा सुधार गरि विद्यालयलाई समुदायले विश्वास गर्ने वातावरण निर्माण गर्नको लागी प्रधानाध्यापक कुलराज ढकाल अहोरात्र मेहनत गरिरहुनुभएको छ । 

प्रधानाध्यापकको भनाई राख्ने  ( धेरैमा २ मिनेट )

समय र परिस्थिति अनुसार यस विद्यालयलाई भूपू विद्यार्थी, स्थानियबासी, शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी, उधोगीव्यवसायी, राजनीतिज्ञ, अभिभावक र विभिन्न संघसंस्थाहरुले आर्थिक, भौतिक तथा अन्य  विभिन्न किसिमले सहयोग गरिरहनुभएको छ । उँहाहरु सबै प्रति यस विद्यालय र विद्यालय व्यवस्थापन समिति कृतज्ञ एवम् आभार व्यक्त गर्दछ ।


Comments

Popular posts from this blog

माधवपुर स्कुल स्क्रिप्ट फाईनल

भद्रकाली स्कुल स्क्रिप्ट फाईनल