Posts

वडा नं. १५ को भिडियोको लागी स्क्रिप्ट

Image
  एक समय थियो… यो जमिन पुरै जंगलले ढाकिएको थियो। रत्ननगर–१५ माधवपुर—जहाँ न सडक थियो, न बस्ती। केवल हरियाली थियो, जँहा जंगली जनावर निस्फिक्री जीवन बाँचिरहेका हुन्थे !!   फेरी कुनै समय आयो ...“पहाडबाट बसाइँ सर्नेहरू आए… जंगल फडानी गरियो, जमिन जोतियो। रित्तो थलोमा आशाका घरहरू उभिए। कहिले धान रोपियो, कहिले तोरी फुल्यो।” “न त सजिलो थियो, न त सहज। रोग, भोक, जंगलका बाघ–भालुको डर… तर मानिसहरू डराएनन्। उनीहरूका हातहरू काममै लागिरहे।” “फेरि एक दिन आयो—जहाँ बाटो खुल्यो। पसलहरू खुले। स्कुल र मन्दिर बने। अनि माधवपुरले बिस्तारै आफ्नो नयाँ रुप पायो। “आजको माधवपुर केवल एउटा बस्ती होइन—यो संघर्ष, आशा र भविष्यको उज्यालो हो । यो हो हामी सबैको कथा… हाम्रो माधवपुरको कथा ।” जहाँ पहिचान छ, प्रकृतिको सौन्दर्य छ, र समृद्धिको उज्यालो आशा छ। पूर्व–पश्चिम राजमार्गदेखि ५ किलोमिटर उत्तरमा रहेको यो वडाले आज विकास र परिवर्तनको कथा लेख्दैछ। यहाँको पूरानो परिचय—पिठुवा गाविसको वडा नं. ७/८ र ९ । जुन २०७१ सालमा रत्ननगर नगरपालिकामा समाहित भई रत्ननगरको वडानम्बर १५ का रूपमा नयाँ यात्रा सुरु गर्‍यो।  ३.०१ व...

माधवपुर स्कुल स्क्रिप्ट फाईनल

  चितवन ... प्रसस्त खेतीपाती हुने मध्यनेपालको समथर भूभाग । वि.स २००० को दशकदेखि बाक्लो मात्रामा देशका विभिन्न जिल्लाहरु बाट यहाँ बसाई सरेर आउने क्रम सुरु भयो । यसरी नै बसाई सरेर तत्कालिन पिठुवा गाउँ पंचायतको वडा नं. ७,८,९ हाल रत्ननगर १५ मा आएका व्यक्तिहरुले  वि.स. २०१८ मा  आफ्नो छोराछोरी पढाउन एउटा छाप्रो हालेर पाठशालाको स्थापना गरे । विशेष गरि गुरुङ र मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा यिनै समुदायको अगुवाईमा पाठशाला स्थापना भएको हो । पाठशाला स्थापनाको लागी हाल विद्यालय रहेकै ठाउँमा रहेको ३ कठ्ठा ५ धुर खाली जग्गा प्रयोग गरिएको थियो । २०२४ सालमा कक्षा संचालनको अनुमती पाएपछि  विद्यालयले कक्षा ३ सम्मको अध्यापन सुरु गरेको हो ।   विद्यालय स्थापनाको लागी विभिन्न समयमा गोपिचन्द्र गुरुङले ५ कठ्ठा, रणध्वज गुरुङ, जुल्फा सिंह मगर, जगन बहादुर गुरुङ र गन्जासिंह गुरुंगले १-१ कठ्ठा जमिन प्रदान गर्नुभएको थियो । त्यसैगरी यमबहादुर गुरुङले १० धुर जग्गा प्रदान गर्नुभएको थियो । हाल विद्यालय १२ कठ्ठा ५ धुरमा फैलिएको छ । तत्कालिन पंचायत सरकारले विद्यालय अनुमती संगै दरबन्दी...

भद्रकाली स्कुल स्क्रिप्ट फाईनल

 नेपालमा शैक्षिक विकासको ईतिहास हेर्ने हो भने वि.स. २००७ साल अगाडी सम्म राजा र राणाका छोराछोरीले मात्र पढ्न पाईन्थ्यो । २००७ सालमा जब देशमा प्रजातन्त्र आयो अनि मात्र जनताका छोराछोरीले पनि पढ्न पाए । यसरी नै बालबालिकाहरु गाउँ अनि टोलटोलमा जम्मा भएर पढ्ने प्रचलन सुरु हुन थाल्यो । २०३१/३२ सालमा चितवन रत्ननगरको पिठुवा हात्तिगाडेको एउटा गोठमा पनि यसरी बालबालिकाहरु यसरी नै जम्मा भएर पढ्न थाले । तर पंचायतले पढाउन थाल्यो भनेर त्यतिबेलाका प्रगतीशील समुहले विरोध जनाएपछी त्यँहाको पठनपाठन बन्द भयो । फेरी २०३८ माघमा पिठुवा गाउँ पंचायतको वडा नं. १ र ९ को संयुक्त पहलमा दुवै वडालाई पायक हुनेगरी हालको भद्रकाली मन्दिर परिसरमा खरको छाप्रो हालेर भद्रकाली स्कुलको स्थापना गरेको ईतिहास छ । त्यँहा २ वर्ष कक्षा संचालन भएपछी विद्यालयलाई हालको स्थानमा स्थानान्तरण गरिएको हो । देउसीभैलो खेलेको र चन्दा उठाएको रकम जम्मा गरेर स्थानिय नरबहादुर मगर संग चलनचल्तीको भन्दा निकै सस्तोमा ३ कठ्ठा जमिन खरिद गरि विद्यालय स्थानान्तरण गरिएको हो । २०४३ सालमा कक्षा १ संचालनको अनुमती संगै जिल्ला शिक्षा कार्यालयले एकजना शिक्षकको ...

माधवपुर स्कुल स्क्रिप्ट

विद्यार्थीको अंग्रेजी स्पीच १०-१५ सेकेन्ड --- चितवन ... प्रसस्त खेतीपाती हुने मध्यनेपालको समथर भूभाग । वि.स २००० को दशकदेखि देशका विभिन्न जिल्लाहरु बाट यहाँ बसाई सरेर आउने क्रम सुरु भयो । यसरी नै बसाई सरेर तत्कालिन पिठुवा गाउँ पंचायतको वडा नं. ७,८,९ मा सरेर आएका व्यक्तिहरुले   वि.स. २०१८ मा  आफ्नो छोराछोरी पढाउन एउटा छाप्रो हालेर पाठशालाको स्थापना गरे । विशेष गरि गुरुङ र मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा यिनै समुदायको अगुवाईमा पाठशाला स्थापना भएको हो । पाठशाला स्थापनाको लागी हाल विद्यालय रहेकै ठाउँमा रहेको ३ कठ्ठा ५ धुर जग्गा प्रयोग गरिएको थियो । २०२४ सालमा कक्षा संचालनको अनुमती पाएपछि  विद्यालयले कक्षा ३ सम्मको अध्यापन सुरु गरेको हो । विद्यालय स्थापनाको लागी विभिन्न समयमा गोपिचन्द्र गुरुङले ५ कठ्ठा, रणध्वज गुरुङ, जुल्फा सिंह मगर, जगन बहादुर गुरुङ र गन्जासिंह गुरुंगले १-१ कठ्ठा जमिन प्रदान गर्नुभएको थियो । त्यसैगरी यमबहादुर गुरुङले १० धुर जग्गा प्रदान गर्नुभएको थियो । हाल विद्यालय १२ कठ्ठा ५ धुरमा फैलिएको छ । रामचन्द्र सरको भनाई .. (६०-७० सेकेन्ड) तत्कालिन पं...

भद्रकाली स्कुल स्क्रिप्ट

 नेपालमा शैक्षिक विकासको ईतिहास हेर्ने हो भने वि.स. २००७ साल अगाडी सम्म राजा र राणाका छोराछोरीले मात्र पढ्न पाईन्थ्यो । २००७ सालमा जब देशमा प्रजातन्त्र आयो अनि मात्र जनताका छोराछोरीले पनि पढ्न पाए । यसरी नै बालबालिकाहरु गाउँ अनि टोलटोलमा जम्मा भएर पढ्ने प्रचलन सुरु हुन थाल्यो । २०३१/३२ सालमा चितवन रत्ननगरको पिठुवा हात्तिगाडेको एउटा गोठमा पनि यसरी बालबालिकाहरु यसरी नै जम्मा भएर पढ्न थाले । तर पंचायतले पढाउन थाल्यो भनेर त्यतिबेलाका प्रगतीशील समुहले विरोध जनाएपछी त्यँहाको पठनपाठन बन्द भयो । फेरी २०३८ माघमा पिठुवा गाउँ पंचायतको वडा नं. १ र ९ को संयुक्त पहलमा दुवै वडालाई पायक हुनेगरी हालको भद्रकाली मन्दिर परिसरमा खरको छाप्रो हालेर भद्रकाली स्कुलको स्थापना गरेको ईतिहास छ । त्यँहा २ वर्ष कक्षा संचालन भएपछी विद्यालयलाई हालको स्थानमा स्थानान्तरण गरिएको हो । देउसीभैलो खेलेको र चन्दा उठाएको रकम जम्मा गरेर स्थानिय नरबहादुर मगर संग चलनचल्तीको भन्दा निकै सस्तोमा ३ कठ्ठा जमिन खरिद गरि विद्यालय स्थानान्तरण गरिएको हो । दिलबहादुर थापाको भनाई समेट्ने ... (१-२ मिनेट ) २०४३ सालमा कक्षा १ संचालनको अनुमत...