भद्रकाली स्कुल स्क्रिप्ट
नेपालमा शैक्षिक विकासको ईतिहास हेर्ने हो भने वि.स. २००७ साल अगाडी सम्म राजा र राणाका छोराछोरीले मात्र पढ्न पाईन्थ्यो । २००७ सालमा जब देशमा प्रजातन्त्र आयो अनि मात्र जनताका छोराछोरीले पनि पढ्न पाए । यसरी नै बालबालिकाहरु गाउँ अनि टोलटोलमा जम्मा भएर पढ्ने प्रचलन सुरु हुन थाल्यो । २०३१/३२ सालमा चितवन रत्ननगरको पिठुवा हात्तिगाडेको एउटा गोठमा पनि यसरी बालबालिकाहरु यसरी नै जम्मा भएर पढ्न थाले । तर पंचायतले पढाउन थाल्यो भनेर त्यतिबेलाका प्रगतीशील समुहले विरोध जनाएपछी त्यँहाको पठनपाठन बन्द भयो ।
फेरी २०३८ माघमा पिठुवा गाउँ पंचायतको वडा नं. १ र ९ को संयुक्त पहलमा दुवै वडालाई पायक हुनेगरी हालको भद्रकाली मन्दिर परिसरमा खरको छाप्रो हालेर भद्रकाली स्कुलको स्थापना गरेको ईतिहास छ । त्यँहा २ वर्ष कक्षा संचालन भएपछी विद्यालयलाई हालको स्थानमा स्थानान्तरण गरिएको हो । देउसीभैलो खेलेको र चन्दा उठाएको रकम जम्मा गरेर स्थानिय नरबहादुर मगर संग चलनचल्तीको भन्दा निकै सस्तोमा ३ कठ्ठा जमिन खरिद गरि विद्यालय स्थानान्तरण गरिएको हो ।
दिलबहादुर थापाको भनाई समेट्ने ... (१-२ मिनेट )
२०४३ सालमा कक्षा १ संचालनको अनुमती संगै जिल्ला शिक्षा कार्यालयले एकजना शिक्षकको दरवन्दी दियो । त्यसपछि हरेक वर्ष कक्षा पनि बढ्दै गयो र दरबन्दी पनि थपिंदै गयो । २०४७ सालमा विद्यालयले कक्षा ५ सम्मको अनुमती पायो र दरबन्दी पनि ३ पुग्यो । त्यसपछि २०५३ सालमा वाचनशिरोमणि स्व. पण्डित नारायणप्रसाद पोखरेललाई बोलाएर विद्यालयमा ९ दिन सम्म धनधान्यांचल महायज्ञ संचालन गरेर जम्मा भएको पैसाले हाल विद्यालयले प्रयोग गर्दै आएको ४ कट्ठा जमिन खरिद गरिएको हो । विभिन्न समयमा खरिद गरिएका र दानदक्षिणा बाट प्राप्त ११ कठ्ठा २ धुर जग्गामा हाल विद्यालय रहेको छ भने विद्यालय हाताबाट केहि पर विद्यालयको नाममा ११ कठ्ठा १ धुर जग्गा रहेको छ । प्रयोगमा नरहेका ति जग्गाहरु वार्षिक रुपमा भाडामा लगाई आम्दानीको श्रोत जुटाईएको छ ।
धनधान्यांचल महायज्ञ बाट संकलित सहयोग रकम बाट आवश्यक भौतिक पूर्वाधार विकास गरि त्यहिवर्ष बाट विद्यालयमा कक्षा ६ संचालन गरियो । तर २०५४ सालमा कक्षा ७ संचालन गर्नुपर्नेमा विविध कारणले संचालन हुन नसकेपछि विद्यालय फेरी कक्षा ५ मै फर्कियो । फेरी २०५७ सालमा चन्दा उठाएर ७५ हजार धरौटी जम्मा गरेपछि निमाविको स्वकृति लिएर विद्यालय संचालन गरिएको हो । त्यसपछि २०६७ सालमा कक्षा ९ संचालन गरिएपछी २०६८ सालमा यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले एसएलसी दिए । त्यतिबेला विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रामशरण बुढाथोकी र प्रधानाध्यापकमा रामचन्द्र घिमिरे हुनुहुन्थ्यो ।
विद्यालय स्थापनाको समयदेखि अहिलेसम्मको ईतिहास हेर्दा विद्यालयले विभिन्न उतारचढावहरु भोग्दै आएको छ । कुनैसमय विद्यार्थीको संख्या धेरैभएपछि सेक्सन छुट्याएर कक्षा संचालन गर्नुपर्ने बाध्यता रहेको यस विद्यालयमा पछिल्लो केहि वर्षहरुमा विद्यार्थीको चाप घटेको थियो । च्याउ सरि उम्रिएका संस्थागत विद्यालयहरुले विद्यार्थी तानिरहंदा विद्यार्थीको पलायन रोक्न कम्ता गारो भएको थिएन ।
तर अहिले समय फेरिएको छ । सामुदायिक विद्यालयहरुमा पनि अंग्रेजी माध्यममा पढाई सुरुहुन थालेपछि यस विद्यालयले पनि २०७३ सालदेखि अंग्रेजी माध्यम बाट पढाई सुरु गरेको छ । हाल प्ले ग्रुप देखि कक्षा ९ सम्म नै अंग्रेजी माध्यममा पढाई भईरहेको छ । अंगेजी माध्यममा पढाई सुरुहुन थालेपछि फेरी विद्यार्थीको आगमन बाक्लिन थालेको छ । संस्थागत विद्यालयमा चर्को शुल्क तिरेर पढाउनु र यस विद्यालयमा नि:शुल्क पढाउनुमा खासै अन्तर नरहेपछि अभिभावकहरुको आकर्षण बढ्न थालेको हो ।
एकजना अभिभावकको भनाई जोड्ने ... (१-२ मिनेट )
हाल विद्यालयमा स्थाई, अस्थायी, राहत र निजि श्रोतका गरि १७ जना शिक्षक/शिक्षिकाले अध्यापन गराईरहेका छन् । त्यसतै विद्यालयमा बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको रेखदेख तथा सेवासुविधाको लागी एकजना विद्यालय नर्स पनि कार्यरत छन् । रत्ननगरमै पहिलो पटक यस विद्यालयमा नर्सको व्यवस्था भएको हो। विद्यालयमा हाल शिक्षक शिक्षिका बाहेक नर्स, लेखापाल, कार्यालय सहयोगी, सवारी चालक र सहचालक गरि ५ जना कर्मचारी कार्यरत छन् ।
भौतिक संरचना र सुविधाको हिसाबले यस विद्यालय रत्ननगरका अन्य सामुदायिक विद्यालयको तुलनामा केहि अगाडी देखिन्छ । सुविधा सम्पन्न कक्षाकोठा, दुरसंचार प्राधिकरणको सहयोगमा स्थापना गरिएको अत्याधुनिक कम्प्युटर ल्याब, विज्ञानप्रयोगशाला र पुस्तकालयका कारण अध्ययन अध्यापनमा निकै सहजता थपिएको छ । त्यसैगरी प्लेग्रुपका बालबालिकाहरुको सुविधाको लागी वातानुकुलित कक्षाकोठाको समेत व्यवस्था गरिएको छ । 'खेल्दै र सिक्दै' अवधारणाका साथ सुरुगरिएको बालाबिकासका कक्षाहरुमा बालबालिकाहरु रमाइरहेका भेटिन्छन् ।
बालबालिकाहरु, नाचेको, खेलेको दृश्य राख्ने आवाज सहित ( १५ सेकेन्ड)..
विद्यार्थीहरुको सेवा तथा सुविधाको लागी वडा कार्यालय, भूपू विद्यार्थी संघ र विभिन्न व्यक्तिहरुको सहयोगमा विद्यालयले यसैवर्ष देखि स्कुल बसको समेत व्यवस्था गरेको छ । विद्यालयमा बस खरिदको लागी रत्ननगर १६ मै स्थापना भईरहेको ...... कम्पनीले २ लाख सहयोग प्रदान गरेको थियो । त्यसैगरी विद्यालय सुधार कार्यक्रम अन्तर्गत बागमती प्रदेश बाट प्राप्त भएको १५ लाख बजेटबाट विद्यालय हातमा बगैचा निर्माण, रंगरोगन र भुईमा मोजईक टायल विछ्याएर विद्यालय हातालाई चिटिक्क बनाईएको छ । निर्माण गरिएका ति बगैचाहरुमा विरुवाहरु रोप्ने , गोड्ने र मलजल गर्ने जिम्मेवारी विद्यार्थीहरुलाई नै दिइएको छ । समुहगत रुपमा विद्यार्थीहरुले बगैचाको हेरचाह गर्ने गरेका छन् ।
अध्यापन संगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै जोड दिने यस विद्यालयले वार्षिक क्यालेन्डर बनाएर नै त्यस्ता कार्यक्रमहरु आयोजना गर्नेगरेको छ । विद्यार्थीलाई किताबी ज्ञान दिने मात्र होइन, अतिरिक्त क्रियाकलापहरुमा पनि सक्रिय बनाउनुपर्छ भन्ने हेतुले वार्षिक क्यालेन्डर मै यस्ता कार्यक्रमहरु राखिएको हो । विद्यालयमा नेपाली सेना बाट प्रदान गरिने १०० दिने राष्ट्रिय सेवा दल (NCC) तालिम समेत संचालन हुनेगरेको छ । त्यसैगरी विद्यार्थीलाई समाज प्रति सेवाको भाव जागृत गर्ने उद्देश्यले जुनियर रेडक्रस र स्काउट कार्यक्रमहरुमा समेत सहभागी गराउने गरिएको छ ।
अतिरिक्त क्रियाकलाप फोकल शिक्षकको भनाई राख्ने ... (१-२ मिनेट )
नृत्य प्रशिक्षण कार्यक्रमको समापन समारोहको १० सेकेन्डको क्लिप बजाउने ....
यहि कुरालाई मध्यनजर गर्दै अघिल्लो शैक्षिक सत्रमा वडा कार्यालयको सहयोगमा विद्यालयका ५५ जना छात्रछात्राहरुलाई ३ महिने नृत्य प्रशिक्षण समेत गराईएको थियो । यस्ता कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिन वडा कार्यालय निकै सकारात्मक छ । यसैगरी विद्यार्थीहरुको बोल्ने कला र सिपको विकास गर्ने उद्देश्यले वडा कार्यालयकै सहयोगमा आगामी शैक्षिक सत्रदेखि 'उद्घोषण कला' सम्बन्धी प्रशिक्षण कार्यक्रम पनि राख्ने वडाध्यक्ष हेमराज थापाले बताउनुभयो । विद्यालयलाई आवश्यक पर्ने आर्थिक व्यवस्थापनको पाटोमा वडा कार्यालय प्रतिबद्ध रहेको उँहाको भनाई छ
वडाध्यक्षको भनाई राख्ने ( धेरैमा १ मिनेट)
वडा नं. १६ मा एक मात्र सामुदायिक विद्यालयको रुपमा रहेको यस भद्रकाली माध्यमिक विद्यालय भौतिक पूर्वाधार विकासको चरण पार गरेर शैक्षिक गुणस्तर सुधार गर्ने बाटोमा रहेको छ । विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गरि समुदायमा त्यसको प्रभाव पार्ने उद्देश्यले सामुदायिक विद्यालयको क्षेत्रमा लामो समयदेखि नेतृत्वतहमा रहेर काम गर्नुभएका शिक्षाविद् रत्नबहादुर मिश्रलाई व्यवस्थापन समितिमा मनोनयन गरिएको छ । झन्डै ढल्न लागेको सामुदायिक विद्यालयलाई .... वर्ष सम्म नेतृत्व गरेर जिल्लाकै नमुना विद्यालय बनाउन सफल मिश्र हाल भाद्रकालीलाई रत्न बनाउन कस्सिनुभएको छ ।
रत्न सरको भनाई राख्ने ...
संस्थागत विद्यालयहरु संग प्रतिस्पर्धा गरि यस विद्यालयलाई नमुना बनाउन विद्यालयका प्रधानाध्यापक देखि हरेक शिक्षकशिक्षिका प्रयासरत छन् । विद्यालयको नतिजा सुधार गरि विद्यालयलाई समुदायले विश्वास गर्ने वातावरण निर्माण गर्नको लागी प्रधानाध्यापक तिलक बहादुर कुँवर अहोरात्र मेहनत गरिरहुनुभएको छ ।
प्रधानाध्यापकको भनाई ... ( धेरैमा २ मिनेट)
समय र परिस्थिति अनुसार यस विद्यालयलाई भूपू विद्यार्थी, स्थानियबासी, शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी, उधोगीव्यवसायी, राजनीतिज्ञ, अभिभावक र विभिन्न संघसंस्थाहरुले आर्थिक, भौतिक तथा अन्य विभिन्न किसिमले सहयोग गरिरहनुभएको छ । उँहाहरु सबै प्रति यस विद्यालय र विद्यालय व्यवस्थापन समिति कृतज्ञ एवम् आभार व्यक्त गर्दछ ।
Comments
Post a Comment